नियम ८३
तारिखमा तोकिएको काम गर्न सकिने
(१) तोकिएको तारिखमा मुद्दाको कुनै पक्षको रोहवरमा गर्नुपर्ने काम सो पक्ष उपस्थित नभए पनि अदालतले गर्न सक्नेछ।

(२) तोकिएको तारिखका दिन तोकिएको काम गर्न नभ्याइएमा सो कामको लागि अर्को तारिख तोक्ने आदेश दिनुपर्छ। तोकिएको तारिखको दिन मुद्दाको कुनै एक वा दुवै पक्ष अनुपस्थित भएमा त्यसको पन्ध्र दिनभित्र त्यस्तो पक्ष अदालतमा उपस्थित भई आफू उपस्थित हुन नसकेको कुनै मनासिब कारण देखिएमा निजको तारिख नगुज्रेसरह अदालतले मुद्दाको बाँकी कारबाहीमा निजलाई सम्मिलित गराउन सक्नेछ।

(३) मुद्दाको पक्षले नै गर्नुपर्ने कुनै कामको लागि तारिख तोकिएकोमा त्यस्तो तारिखका दिन उपस्थित नहुने पक्षले सो काम पछिबाट होस्‌ भनी निवेदन दिन वा जिकिर लिन पाउने छैन।

तर त्यस्तो पक्षले अदालतलाई सन्तोष हुने कुनै मनासिब कारण देखाई निवेदन गरेमा अदालतले सो कामको लागि अर्को तारिख तोक्न सक्नेछ।